भरतपुर- विश्व वातावरण दिवस-२०२२ को अवसरमा बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्रथामिकता रहेको बताएकी छिन ।
भरतपुरलाई सफा र सुन्दर बनाउने सबैको सझा संकल्प लिनुपर्छ , उनले भनिन, पहिलाको निरन्तरताले मात्रै पुग्दैन, यो कार्यलाई अझ तीब्र गतिमा अगाडि बढाउनुपर्छ । महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्रथामिकता हरियाली प्रर्वद्धन गर्ने, सौन्दर्यकरण गरी महानगरलाई सुन्दर महानगर बनाउने अभियानका साथ अगाडि बढेको प्रमुख दाहालले बताइन ।
अन्तर्राष्ट्रिय स्तरको फोहर व्यवस्थापनका लागि महानगरपालिकाले केही कामहरु अगाडि बढाई सकेको पनि प्रमुख दाहालले उल्लेख गरिन । अगामी नगरसभा मार्फत सरसफाईको क्षेत्रको लागि राम्रा नीति, बजेट र कार्यक्रम ल्याउने पनि उनको जानकारी दिईन । भरतपुर महानगरलाई सौन्दर्यकरण, हरियाली तथा सुन्दर र स्वच्छ शहर निर्माण गरी अन्य पालिकाहरुले पनि अनुशरण गर्न योग्य बनाउन सबैले आफ्नो ठाँउबाट सहयोग गर्न सबैमा उनले आव्हान गरिन ।
वातावरण दिवसको अवसरमा भरतपुर महानगरपालिकाको सहकार्यमा यहाँका एक दर्जन बढी संघ संस्थाले वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए । दिवसको अवसरमा भरतपुर महानगरमा पर्ने विद्यालयमा निबन्ध प्रतियोगिता, पार्कहरु गोडमेल, राजमार्ग क्षेत्रको सरसफाई, विद्यालयमा पार्क निर्माण, वृक्षारोपण तथा राप्ती तटिय क्षेत्रमा सरसफाई तथा विभिन्न सरसफाईमूलक कार्यक्रम गरिएको भरतपुर महानगरपलिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए ।
त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले दिगो विकासमैत्री र वातावरणमैत्री शहर निर्माण गर्ने भरतपुर नगरबासीको साझा संकल्प रहनु पनमा उनले जोड दिए । फोहरको व्यवस्थापन गर्दा यसको वर्गीकरण, विसर्जन लयातका विषयमा महानगर र महानगरबासीको सहकार्य अपरिहार्य रहेको उनी वताउछन ।
समापन समारोहमा भरतपुर महानगरपालिको सरफाई तथा वातावरण संरक्षणमा महत्वपूणर् भूमिका निर्वाह गर्ने संघसंस्था, अभियान्ता तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।