×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनलाई पाखा लगाउँदै सुनवल नगरपालिकामा एमालेले मार्‍याे बाजी

गठबन्धनलाई पाखा लगाउँदै सुनवल नगरपालिकामा एमालेले मार्‍याे बाजी

नवलपरासी- नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पाखा लगाउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले बाजी मारेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुबे निर्वाचित भएका छन् ।

अर्यालले १४ हजार ८३८ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत ल्याए । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

उपमेयरमा निर्वाचित दुबेले १३ हजार ७९८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८९० मत ल्याए । सुनवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो ।

प्रतिकृया दिनुहोस्