×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्याङलुङ नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले विजयी

म्याङलुङ नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले विजयी

विराटनगर- तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहाम्फे विजयी भएका छन् । मेयरमा निर्वाचित तुम्बाहाम्फेले ५ हजार ११७ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवारले ४ हजार ४७८ मतमात्रै प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै जमुनादेवी सुवेदी निर्वाचित भएकी छन् । उनले ५ हजार २१० मत पाएकी छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत पाएको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । मेयरमा विजयी सञ्जय कुमार निवर्तमान नगर प्रमुख हुन् । एमालेसँग पराजित डाँगी पनि निवर्तमान उपप्रमुख हुन्

प्रतिकृया दिनुहोस्