काठमाडौं उपत्यकामा आइतबारको तुलनामा सोमबार कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१४ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबार काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा कोरोना पुष्टि भएको थियो ।
योसँगै सक्रिय संक्रमितको संख्या काठमाडौंमा चार हजार ४५३, ललितपुरमा दुई हजार २०६ र भक्तपुरमा एक हजार ७३८ पुगेको छ ।