जापान । गैर आवासिय नेपाली सघ (एनआरएनए) जापानवाट अन्तराष्ट्रिय समन्वय परिषद (आईसिसी) सदस्यमा आठ जना निर्विरोध चयन भएका छन् । निर्वाचनका लागी गठित निर्वाचन आयोगले निकालेको उम्मेदवारी दर्ताको समय अवधिसम्म आईसिसी सदस्यमा दश जनाको उम्मेदवारी परेको भएपनि दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि अन्य आठ जना निर्विरोध चयन भएका हुन् ।
निर्विरोध चयन हुनेहरुमा राज कुमार अधिकारी, शिवहरी पौडेल, सुमन कार्की, टिकाराम कंडेल, कृष्ण केसी, राम बहादुर खत्री (अर्जुन), यदुराम सापकोटा र राम बहादुर थापा रहेको छन् । उम्मेदवारी दिएका मध्ये अन्य दुई जना विजय कार्की र मनोज खड्काले सहमतीका आधारमा उम्मेदवारी फिर्ता लिएपछि आठ जना निर्विरोध चयन भएका हुन् । एनआरएनए जापानको विधान अनुसार आठ जना आईसिसीमा जान पाउने व्यबस्था रहेको छ ।
यसैगरि लेखा समिति सयोजकमा निवर्तमान उपाध्यक्ष समेत रहेका सचिन श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् लेखा समिति सयोजक पदमा २ जनाको उम्मेदवारी परेको भएपनि बुद्धिराज घिमिरेले आपसी सहमतीमा उम्मेदवारी फिर्ता गरेपछि श्रेष्ठ निर्विरोध चयन भएका हुन् । विधान अनुसार निर्विरोध चयन भएपनि निर्वाचन समितिले भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।