×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्वतन्त्र सांसद किरण साहले रोजे एमाले

स्वतन्त्र सांसद किरण साहले रोजे एमाले

काठमाडौं- रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरणकुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा स्वागत गरेका हुन् । 

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए । साहले आफू यसअघि नै अनौपचारिक रुपमा एमाले प्रवेश गरिसकेको र आज त्यसैलाई औपचारिकता दिएको बताए । ‘अनौपचारिक रूपमा त म एमाले प्रवेश गरेको थिएँ । आज औपचारिक रूपमा प्रवेश गरेको हो,’ उनले भने ।

उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हकलगायतको उपस्थिति थियो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन गठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झण्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस्