×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

कांग्रेस १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

काठमाडौँ- नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । कांग्रेसले १६ जिल्लाको अधिवेशन दुई दिनपछि सार्दै फागुन १५ गते गर्ने जनाएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको जनाएको छ ।  

कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन गर्न बाँकी छ । कांग्रेसको १४ औं महाधिवेशन अगाडि यी जिल्लामा अधिवेशन गरिसक्नु पर्ने भए पनि क्रियाशिल सदस्य विवादका कारण हुन सकेको थिएन ।

त्यस्तै कांग्रेसले अधिवेशन हुन बाँकी रहेका महासमिति सदस्य तथा पालिका र वडा कमिटीको अधिवेशन फागुन १० गतेभित्र गरिसक्नु पर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्