×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अमेरिकाले आफ्नो देशलाई जबरजस्ती युद्धमा धकेल्ने प्रयास गर्दैछ : रुसी राष्ट्रपति

अमेरिकाले आफ्नो देशलाई जबरजस्ती युद्धमा धकेल्ने प्रयास गर्दैछ : रुसी राष्ट्रपति

एजेन्सी - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उहाँको आरोप छ ।

यद्यपि उहाँले वार्ता र सम्वादको सम्भावना कायमै रहेको बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप्पणी छ । रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि तनाव बढेको छ ।

रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुनेगरी सुरक्षा सुनिश्चितता गर्न गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पुटिनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्