×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालद्वारा घरेलु टोली केन्यालाई २३१ रनको लक्ष्य

नेपालद्वारा घरेलु टोली केन्यालाई २३१ रनको लक्ष्य

काठमाडौं- नेपालले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनायो ।

जसमा नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले भने, रोहितले ९५ बलमा ७ चौका प्रहार गरे। यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए भने, ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।

करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे ।

केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा रहेको छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने आउने सोमबार खेल्नेछ ।

प्रतिकृया दिनुहोस्