×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

लोकसंगीतमा नयाँ स्वाद: कमल शिशिरले ल्याए ‘लालटिन बालेर’

लोकसंगीतमा नयाँ स्वाद: कमल शिशिरले ल्याए ‘लालटिन बालेर’

काठमाडाैँ ।  नेपाली लोकसंगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘लालटिन बालेर’ सार्वजनिक भएको छ। चर्चित गायक बसन्त थापा, देवी घर्ती मगर, शेखर घर्ती र रचना न्यौपाने को स्वरमा सजिएको गीतले सार्वजनिक भएलगत्तै दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। समसामयिक विषयवस्तु, सिर्जना र सांस्कृतिक अभियानहरूमा सक्रिय रहँदै आएका कमल शिशिरले यसपटक संगीतमार्फत दर्शकमाझ नयाँ प्रस्तुति ल्याएका छन्। ‘लालटिन बालेर’ केवल एउटा गीत मात्र नभई नेपाली लोकसंस्कृति, भावना र मनोरञ्जनलाई एकसाथ जोड्ने प्रयासका रूपमा हेरिएको छ ।

गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। अनुभवी निर्देशक जेरी भण्डारी को निर्देशनमा तयार गरिएको भिडियोले गीतको भावलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। छायांकन, दृश्य संयोजन र प्रस्तुतीकरणले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्ने क्षमता राख्छ। लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बसन्त थापा र देवी घर्ती मगरको सशक्त स्वरमा शेखर घर्ती तथा रचना न्यौपानेको साथले गीतलाई थप ऊर्जा दिएको छ। गीतमा नेपाली गाउँघरको परिवेश, प्रेम, भावना र मौलिकपनको सुन्दर मिश्रण भेट्न सकिन्छ।

सांगीतिक बजारमा दिनहुँ नयाँ गीतहरू सार्वजनिक भइरहेका बेला कमल शिरको योजनामा तयार भएको ‘लालटिन बालेर’ ले आफ्नो पृथक् पहिचान बनाउन सफल हुने अपेक्षा गरिएको छ। गीतका शब्द, संगीत, स्वर र दृश्य पक्षको संयोजनले यसलाई दर्शक तथा श्रोताका लागि विशेष बनाएको छ।

भिडियाे हेर्नका लागी 

https://youtu.be/Y1IY9r0T85M?si=XPR1DU81K-yxa0zY

प्रतिकृया दिनुहोस्