×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्डकाे ठाेकुवा : नागरिकता विधेयक राष्ट्रघाती छैन

प्रचण्डकाे ठाेकुवा : नागरिकता विधेयक राष्ट्रघाती छैन

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक राष्ट्रघाती नभएको बताएका छन् । गृहजिल्ला चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नागरिकता विधेयकबारे नेकपा एमालेले गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गरेको आरोप लगाएका छन्।

‘आमाबुबा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो। उनीहरू सबै अवसरबाट बञ्चित भए। त्यो स्थितिको अन्त्य गर्ने कुरा हो’ उनले भने, ‘त्यसकारण यसलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुँदैन।’ एमालेले चुनाव नजिकिएका बेला राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्नका लागि जनतालाई भ्रम पार्न यस्तो गलत प्रचार गरेको प्रचण्डको टिप्पणी छ। उनले भने, “नेपालका जनता बुद्धि नभएका छन्। भ्रम दिन सकिन्छ, राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्न सकिन्छ भन्न ठान्ने दुस्साहस जुन भएको छ मलाई लाग्छ नेपाली जनता सचेत भएका छन् ।

यस्तो पाखण्डी प्रचारबाट कोही भ्रममा पर्दैनन्।” प्रचण्डले यसअघि राज्य व्यवस्था समितिबाट सात वर्षे वैवाहिकत अंगीकृतको प्रावधान पारित भएको तर केपी ओलीले नै संसदमा लैजान नमाने दाबीसमेत गरे। एमालेले नागतिकता बिधेयकको विरोध गर्दै आएको छ। राष्ट्रपतिले संसद्मा फिर्ता फठाएको बिधेयक मसद्मा दोस्रो पटक पनि हुबहु पारित भएको छ।

प्रतिकृया दिनुहोस्