×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने सरकारको निर्णय

वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने सरकारको निर्णय

काठमाडौं - सरकारले वीर अस्पतालको नयाँ भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने निर्णय गरेको हो ।

उद्योग तथा आपूर्तीमन्त्री लेखराज भट्टले उक्त अस्पतालले देशभरिका कोरोना अस्पतालको नेतृत्व गर्ने जानकारी दिए । उनले बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा उपलब्ध स्रोत अधिकतम प्रयोग गर्ने निर्णय समेत गरेको जानकारी दिए ।


 

प्रतिकृया दिनुहोस्