×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश २ : मुख्यमन्त्रीद्वारा उद्योगमन्त्री यादव बर्खास्त

प्रदेश २ : मुख्यमन्त्रीद्वारा उद्योगमन्त्री यादव बर्खास्त

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् । ।

यसअघि राजीनामा दिन गरेको आग्रह नमानेपछि मुख्यमन्त्री राउतले उनलाई पदमुक्त गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले बताए ।

उक्त मन्त्रालय एकीकृत समाजवादीलाई दिने टुंगो भएपछि मुख्यमन्त्री राउतले उनलाई पदमुक्त गरेका हुन् । मन्त्री यादवलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रवक्ता साहले जानकारी दिए । यादव तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)बाट समानुपातिक प्रदेश सांसद बनेका थिए ।

प्रतिकृया दिनुहोस्