काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिनुभएको छ । कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको बाचालाई सम्झेर काम गर्न आग्रह गर्नुभयो ।
“पाँच वर्षपछि पुनः टिकट प्राप्त गर्नेगरी काम गर्नुस्”, उहाँले भन्नुभयो । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जनताको बीचमा गरेको संकल्प, घोषणापत्र र प्रतिबद्धता सम्झेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । सो अवसरमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यहरुलाई सम्मान गरिएको थियो ।