काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर बालेन साह असफल हुने टिप्पणी गरेका छन् । उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्ताव लिएर आउन आग्रह गरे ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद भट्टराईले काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका हुन् ।