×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिद्धार्थको निधनपछि प्रेमिका शहनाजको स्वास्थ्य अवस्था बिग्रियो

सिद्धार्थको निधनपछि प्रेमिका शहनाजको स्वास्थ्य अवस्था बिग्रियो

एजेन्सी -बिहिबार बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाइदिएको छ । सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो । ‘बीग बोस १३’बाट उनीहरुको केमेष्ट्री बलियो बनेको थियो । यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।सिद्धार्थको निधनको खबरसँग शहनाजको स्वास्थ्य अवस्था विग्रिएको मिडियाले जनाएका छन् । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् । उनले, आफ्ना पितासँग आफ्नो अवस्था ठिक नभएको जानकारी दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्