काठमाडौँ- म यस्तो गीत गाउँछु २ चलचित्रका निर्देशक सुदर्शन थापा रिहा भएका छन् । शनिबार दिउँसो एक टेलिभिजनको कार्यालय परिसरबाट पक्राउ परेका निर्देशक थापा केही बेर अघि रिहा भएका हुन् ।
उनलाई अभिनेता पल शाहलाई लुकाउन सहयोग गरेको आशंकामा सोधपुछका लागि पक्राउ गरिएको थियो ।