×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१३८ जना वकिल वरिष्ठ अधिवक्ताका लागि सिफारिस

१३८ जना वकिल वरिष्ठ अधिवक्ताका लागि सिफारिस

काठमाडाैँ- वरिष्ठ अधिवक्ता सिफारिस समितिले १३८ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताकाे उपाधिका लागि सिफारिस गरेकाे छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा गठित सिफारिस समितिले उनीहरूलाई सिफारिस गरेकाे हाे । समितिमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र मुख्य रजिस्ट्रार लालबहादुर कुँवर सदस्य रहेका छन् ।

वरिष्ठ अधिवक्ताकाे उपाधिका लागि २०५१ चैत मसान्तअगाडि अधिवक्ताको लाइसेन्स लिएको, ५ वर्षसम्म निरन्तर कर चुक्ता गरेको, सर्वोच्च अदालत र उच्च अदालतमा ५० वटा मुद्दामा फैसला भएको हुनुपर्ने मापदण्ड बनाइएको छ । २७६ जना वकिलहरूले वरिष्ठ अधिवक्ताले लागि योग्य भएकाे दाबी गरे पनि १३८ जना मात्र सिफारिस भएका हुन् ।

प्रतिकृया दिनुहोस्