×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्णालीका सात जिल्लामा एमाले अधिवेशन शुरू

कर्णालीका सात जिल्लामा एमाले अधिवेशन शुरू

सुर्खेत- कर्णाली प्रदेशका ७ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन शुरू भएको छ । प्रदेशका १० वटा जिल्ला मध्ये तीन जिल्ला बाहेक बाँकीमा जिल्ला अधिवेशन सुरू भएको एमाले कर्णाली प्रदेशले जनाएको छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भूगोल र विशेष क्षेत्रका जिल्लाको अधिवेशनको उद्घाटन काठमाडौँको थापाथलीस्थित केन्द्रीय कार्यालयको ‘एक्सन रूम’बाट एकैसाथ ‘भर्चुअल’रूपमा गरेका हुन् ।

एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला र कालिकोट जिल्लाको अधिवेशन स्थगित भएको छ  । सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाको अधिवेशन शुरू भएको उनले बताए ।

यस्तै, प्रदेश अध्यक्ष शाहका अनुसार सबै जिल्लाको नयाँ नेतृत्व भने सर्वसम्मतिबाट नै तय हुनेछ। उनले भने, ‘हाम्रो पार्टीको जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि सर्वसम्मत नै नेतृत्व चयन हुन्छ भन्नेमा ढुक्क र्छौँ, सर्वसम्मतमा समस्या भएपछि मात्रै निर्वाचन प्रक्रियाबाटै अगाडि बढ्छौँ ।’

यता हुम्लाको अधिवेशन एक महिनाको लागि स्थगित भएको छ भने हुम्लामा आउँदो माघ २३ गते अधिवेशन हुने एमालेले जनाएको छ । यस्तै, मुगु जिल्लामा यहीँ पुस २७ गते सम्मको लागि स्थगित भएको छ भने कालिकोटमा भोलि अर्थात् पुस २४ गते शनिबार हुने एमालेले कर्णालीले जनाएको छ । उक्त तीन जिल्लाका अधिवेशन मौसम बदलीको कारणले स्थगित भएका हुन् ।

 

प्रतिकृया दिनुहोस्