×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ढोक्सा त कमरेड केपी ओलीले थाप्नु भएको रहेछ : विश्वप्रकाश शर्मा

ढोक्सा त कमरेड केपी ओलीले थाप्नु भएको रहेछ : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीले ढोक्सा थापेको आरोप लगाएका छन् । सभामुखको निर्वाचनपछि बाहिरिने क्रममा शर्माले यस्तो बताएका हुन् ।

उनले भने, ‘ढोक्सा कांग्रेसले थापेको हाेइन । कमरेड केपी ओलीले थाप्नुभएको रहेछ ।’ प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती त भएन भन्ने प्रश्नमा उनले विश्वासको मत दिनु कांग्रेको निर्णय आकाशै खस्ने खालको नभएको समेत बताए ।

ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत कांग्रेसले दिएपछि माछा मार्नका लागि ढोक्सा थाप्ने जाल नरच्न आग्रह गरेका थिए । त्यसको जवाफ दिनुपर्ने भन्दै महामन्त्री शर्माले आफ्नो पार्टीको माछालाई जालमा पार्ने कुनै योजना नभएको स्पष्ट समेत परिसकेका छन् ।

प्रतिकृया दिनुहोस्