×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

भवनमा विमान ठोक्किदा आठ जनाको मृत्यु

भवनमा विमान ठोक्किदा आठ जनाको मृत्यु

एजेन्सी- उत्तरी इटालीमा एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो ।

रोमानियाका धनाढ्य दान पेट्रेस्कुले विमान चलाएका थिए । दुर्घटनामा ६८ वर्षीय पेट्रेस्कुसहित उनकी पत्नी, छोरा र परिवारका अन्य सदस्यको मृत्यु भएको जनाइएको छ । दुर्घटनापछि कार्यलय र पार्किङ गरेर राखेका ट्याक्सी जलेका थिए । विमान भवनमा ठोकिनुअगाडि नै आगो लागेको केही साक्षीले बताएका छन् । ‘विमान ठूलो आवाजसहित भवनमा ठोकिएको थियो,’ एक स्थानीयले भने ।

 

प्रतिकृया दिनुहोस्