×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन

काठमाडौँ- चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन भएको छ । सांघाइमा रहेका उनलाई गएराति अचानक हृदयघात भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । उनी केही समयदेखि सांघाइमा बस्दै आएका थिए ।

उपचारका सबै उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ बजेर १० मिनेटमा उनलाई मृत घोषणा गरिएको थियो । 


चिनियाँ कम्युनिस्ट पार्टीको १७ देखि १९औँ केन्द्रीय समितिका राजनीतिक ब्युरोका स्थायी समितिका सदस्यसमेत रहेका ली सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए।

अघिल्लो वर्ष प्रधानमन्त्रीको पदबाट बाहिरिनुअघि उनी चिनियाँ कम्युनिस्ट पार्टीका सबैभन्दा दोस्रो शक्तिशाली व्यक्ति थिए ।


ली खछियाङ एक अर्थशास्त्रीसमेत थिए । जसले सुरुवाती दिनमा चीनको अर्थव्यवस्था सम्हाल्ने बागडोर दिइएको थियो ।

प्रतिकृया दिनुहोस्