×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सोह्रखुट्टे उकालोमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

सोह्रखुट्टे उकालोमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

काठमाडौं - काठमाडौँको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोकिँदा नुवाकोटका २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका–९ घर भई हाल काठमाडौँ बालुवाटार बस्ने गजुरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका गजुरेलको उपचारका क्रममा नयाँबजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए ।

प्रतिकृया दिनुहोस्