×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोपा-अमेरिका फुटबलमा उरुग्वेद्वारा बोलिभिया पराजित

कोपा-अमेरिका फुटबलमा उरुग्वेद्वारा बोलिभिया पराजित

कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित दर्ता गरेको छ । बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जिता दर्ता गरेको हो ।

समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ । जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ । समूह ए कै अर्को खेलमा अहिले बसहान पौने ६ बजे चिली र पाराग्वे खेल्दैछन् ।

तीन खेलमा पाँच अङ्क जोड्दै चिली दोस्रो र दुई खेलमा तीन अङ्क जोडेको पाराग्वे चौथो स्थानमा छ । यो समूहमा अर्जेन्टिना ७ अङ्कका साथ शीर्ष स्थानमा छ ।

 

प्रतिकृया दिनुहोस्