×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएलमा बैंगलोरमा तेस्रो जित, कोलकत्ता ३९ रनले पराजित

  • IT |
  • ब‌ैशाख ६, २०७८
आईपीएलमा बैंगलोरमा तेस्रो जित, कोलकत्ता ३९ रनले पराजित

एजेन्सी - रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । चेन्नईमा आइतबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।
बैंगलोरले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए ।
कप्तान इयान मोर्गन २९ रन जोड्दा शकिब अल हसन २६ रनमा आउट भए । राहुल त्रिपाठीले २५, सुबमन गिलले २१ र नितिश रानाले १८ रन जोडे । बैंगलोरका केली जेमिसनले ३ विकेट लिए । यस्तै हर्सल पटेल र युजभेन्द्र चहलले २/२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । बैंगलोरका लागि ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्कासहित ७८ रन बनाए ।
विस्फोटक ब्याटिङ गरेका डी भिलियर्सले ३४ बलमा ९ चौका र ३ छक्कासहित अविजित रहदै ७६ रन बनाए । देवदुत पडिकलले २५ रन जोड्दा केली जेमिसनले अविजित ११ रन बनाए । कप्तान विराट कोहली ५ रनमा आउट भए ।
कोलकत्ताका वरुण चक्रवर्तीले २ तथा पाट कुमिन्स र प्रशिद्द कृष्णले १/१ विकेट लिए । जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले ३ खेलमा अपराजित रहदै ६ अंक जोडेको छ । कोलकत्ताको यो दोस्रो हार हो । कोलकत्ताले ३ खेलमा २ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस्