काठमाडौं- नेकपा एमालेले ललितपुर महानगरमा नवनिर्वाचित आफ्ना नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई रात्रिभोज दिने भएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट निर्वाचित उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरूलाई बधाई दिँदै निर्वाचनमा खटिएका सम्पूर्णलाई धन्यवाद दिन राति कार्यक्रम राखिएको हो ।