सोमबार शेयरबजार परिसूचक नेप्से ४५.०७ अंकले घटेको छ । शेयर बजारमा करेक्शन आउँदा शेयर बजारमा सम्पूर्ण परिसूचकहरु पनि एक प्रतिशत भन्दा धेरैले घटेका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १.२८ प्रतिशत घटेको छ ।
सोमबार दुई सय १८ कम्पनीको एक लाख ४८ हजार ७१५ पटकको व्यापारमा तीन करोड आठ लाख ८८ हजार ६९५ कित्ताको खरिदविक्री हुँदा १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ ४९ पैसा कायम गराएको छ ।
राधि विद्युत कम्पनी लिमिटेडको सर्वाधिक चार हजार ६३१ पटकको व्यापारमा ९१ लाख आठ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
दोहोरो अंकले घटेको बजारमा २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । बरुण हाइड्रोपावर कम्पनीको लगानीकर्ताले सर्वाधिक ९.५७ प्रतिशतले गुमाएका छन् ।
सोमबार १३ समूहको कारोबार भएकोमा एक समूहको परिसूचक बढ्दा बाँकी सबै समूहको परिसूचक घटेको छ । जलविद्युत समूहको परिसूचक ४.३१ प्रतिशतले घट्दा व्यापार समूहको परिसूचक ३.७९ प्रतिशतले ओरालो लागेको छ ।
१.५९ प्रतिशतले घटेको बजारमा २६ कम्पनीको शेयर मूल्य घट्दा एक सय ५४ कम्पनीको शेयर मूल्य बढेको छ बाँकी दुई कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।