×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन पद तथा गोपनियताको शपथ

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन पद तथा गोपनियताको शपथ

काठमाडौं - प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच ठाकुरले शपथ लिएकी हुन् ।

उनलाई सभामुख डोल प्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री वालेन्द्र शाहलगायत उच्च पदस्थको सहभागीता रहेको थियो ।

उपसभामुखका लागि शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी हुन् । निर्वाचनमा उपस्थित २५६ सांसदमध्ये ठाकुरले २२९ मत प्राप्त गरेकाे सभामुख डीपी अर्यालले जानकारी दिए । ठाकुरको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे ।

प्रतिकृया दिनुहोस्