×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

केकीको ‘चार इन्चको स्यान्डल’ सार्वजनिक (भिडियो सहित)

केकीको ‘चार इन्चको स्यान्डल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं- असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘चार इन्चको स्यान्डल’ बोलको गीतमा दिपक लिम्बु र प्रिती आलेको स्वर रहेको छ। राज बहादुर सानेको शब्द रहेको गीतमा संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ।

कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। कमेडी जनरामा पहिलो पटक हात हालेको सानेले बताए । चलचित्रमा केकीका साथमा रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, रमेश बजगाईँ, धिरेन शाक्य लगायतको अभिनय छ ।

मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह-निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । चलचित्रको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मस्ले लिएको छ । गीत साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिकृया दिनुहोस्