×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बहुविवाहलाई छुट दिने प्रस्तावित कानुनबारे मन्त्री चौरसियाको जवाफ माग

बहुविवाहलाई छुट दिने प्रस्तावित कानुनबारे मन्त्री चौरसियाको जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरूले मुलुकी देवानी संहिता संशोधन प्रस्तावबारे कानुनमन्त्रीको जवाफ मागेका छन्।
प्रस्तावित कानुनले बहुविवाहलाई केही अवस्थामा कानुनी मान्यता दिने चर्चा चलेको ।
विधेयकको मस्यौदामा विवादास्पद प्रावधानबारे सांसदहरूले चासो व्यक्त गरेका छन्। हालै सार्वजनिक भएको मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे प्रतिनिधिसभामा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरसियाको जवाफ माग भएको छ । 


प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेकी सचेतक सुनिता बराल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कानुनमन्त्री चौधरीले प्रस्तावित कानुनमा के राख्न खोजिएको हो, जवाफ दिन माग गरेका हुन् । 
मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७२ मा संशोधन गर्न तयार गरेको विधेयकको मस्यौदामा लेखिएको ‘कुनै पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अन्य महिलासँगको शारीरिक सम्पर्कबाट शिशु जन्मिएमा त्यस्तो महिलासँग विवाह गर्न चाहेमा विवाह गर्न सक्नेछ’ भन्ने प्रावधान राखिएको हो कि होइन भन्ने सांसदद्वयले प्रश्न गरे ।
 उनीहरूले कानुन निर्माणमा सामाजिक परम्परालाई पनि ध्यान दिन आग्रह गरे । 

प्रतिकृया दिनुहोस्