×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेप्से ४५ अकंले घट्यो, झण्डै १० अर्बको कारोबार

नेप्से ४५ अकंले घट्यो, झण्डै १० अर्बको कारोबार

साताकाे सोमबार सेयर बजार परिसूचक (नेप्से) ४५.६ अंकले घटेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक १.५५ प्रतिशतले घटेर २८५४.९४ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक ८.६२ अंकले घटेर ५३४.८१ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये एक उपसमूहका सूचक मात्र बढेको छ भने अन्य १२ वटा उपसमूहहरू घटेका छन् ।

यस दिन २ सय २९ कम्पनीका २ करोड ६० लाख २१ हजार १ सय ४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५ सय २७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन समृद्धी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ । केबीएल डिबेञ्चर लिमिटेडको सेयर मूल्य झण्डै ४ प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस्