×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लगातार गिरावट आउदै सेयर बजार, कारोबार रकममा सङ्कुचन

लगातार गिरावट आउदै सेयर बजार, कारोबार रकममा सङ्कुचन

काठमाडौं - साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २१ अङ्कले घटेर २७१९ दशमलव २० को विन्दुमा पुगेको छ ।

मङ्गलबार ३०३ कम्पनीका ९२ हजार ३१ पटकको कारोबारमा १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँ रहेको छ ।

३२ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये बैङ्किङ समूहमा उछाल आउँदा अन्य राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

प्रतिकृया दिनुहोस्