×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागमती सरकारले ल्यायो बजेट ६२ अर्ब ७० करोड ९० लाखको बजेट

बागमती सरकारले ल्यायो बजेट ६२ अर्ब ७० करोड ९० लाखको बजेट

हेटौंडा -आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट बागमती प्रदेश सरकारले पनि सार्वजनिक गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले कूल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख र वित्तीय व्यवस्थापनतर्फ ५० करोड विनियोजन गरिएको हो ।

आगामी वर्षको खर्च व्यहोर्ने स्रोतहरूमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख रुपैयाँ, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

यस्तै, बजेटमा संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख ब्यहोर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्