×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शिक्षकले भनेजस्तै विधेयक हुनुपर्छ भन्ने छैन : पूर्वमन्त्री विद्या भट्टराई

शिक्षकले भनेजस्तै विधेयक हुनुपर्छ भन्ने छैन : पूर्वमन्त्री विद्या भट्टराई

काठमाडौं - नेकपा (एमाले) की सांसद तथा पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरूको सम्मान गरिनुपर्ने भए तापनि विद्यालय शिक्षा विधेयक उनीहरूले भनेकै जस्तो हुनुपर्छ भन्ने नरहेको बताएकी छन्।

आइतबार बसेको संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले लामो समयदेखि प्रतिक्षित विधेयकलाई पारित गर्ने प्रक्रियामा अवरोध गर्न नहुनेमा जोड दिइन्।

"हामीले शिक्षकलाई सम्मान गर्नुपर्छ र विधेयकले उनीहरूका कुरा बोल्नुपर्छ, तर शिक्षकले भनेकै जस्तो हुबहु हुनुपर्छ भन्ने छैन," भट्टराईले भनिन्, "पारित हुने आशा गरिएको विधेयकमा तुषारापात नगरौं।"

सोही क्रममा उनले शिक्षक बढुवा प्रणालीमा रहेको अपारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाइन्। आफ्नो ९ महिने कार्यकालको अनुभव सुनाउँदै उनले बढुवामा पहुँचवालाले मात्र अवसर पाउने र पहुँच नहुनेहरू वञ्चित हुने गरेको बताइन्।

"शिक्षक बढुवामा ठूलो अपारदर्शिता छ," उनले भनिन्, "पहुँचवालाले धेरै सुविधा पाउँछन् भने पहुँच नहुनेहरू सधैं पछि पर्छन्। यो विकृतिलाई यही विधेयकबाट सम्बोधन गरिनुपर्छ।"

प्रतिकृया दिनुहोस्