काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद्मा पेश गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत रहेको ठहर गरेको छ।
गठबन्धन बैठकमा सहभागी कानूनमन्त्री गोविन्द वन्दीले विधेयकलाई यसअघिकै प्रक्रियाबाट पारित गरिने बताए। ‘सम्मानित राष्ट्रपतिले आफ्नो संविधानमा भएको अधिकार प्रयोग गर्नुभएको हो।
प्रतिनिधिसभा नियमावली अनुसार सरकारले फेरि विधेयक संसद्मा पेस गर्छ।’उनले विधेयकलाई समितिमा नलैजाने निर्णय भएको जानकारी दिए। ‘पहिले पनि समितिमा लगिएको होइन।
अहिले पनि समितिमा जाँदैन। हाउसमै छलफल हुन्छ। संसद् बैठकबाटै पारित गर्ने गरी पेश गर्छौँ,’ उनले भने।