×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कम्युनिष्ट नेताहरु पदको पछि लाग्दा समाजवादको बाटो छुट्यो : प्रचण्ड

कम्युनिष्ट नेताहरु पदको पछि लाग्दा समाजवादको बाटो छुट्यो : प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट नेताहरु पद स्वार्थमा लागेको बताएका छन् । शनिबार (आज) योङ्ग कम्युनिष्ट लीग (वाईसीयल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘कम्युनिष्ट नेताहरु पद स्वार्थमा लागे,’ अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिष्ट नेताहरु नै पदका लागि, आफ्नै प्रतिष्ठाका लागि लागेपछि समाजवादको बाटो परै छुट्यो ।’

यस्तै अध्यक्ष प्रचण्डले समाजवादी आन्दोलनको नेतृत्व युवाहरुको काँधमा रहेको बताए । वाईसीयलका नेताहरुलाई सम्झाउँदै अध्यक्ष प्रचण्डले भने, ‘अबको समाजवादी आन्दोलन अघि बढाउने जिम्मा युवाहरुको काँधमा रहेको छ । हामीले पनि उही यसैगरी नेतृत्व गर्दै आएका हौँ । हामी मोहनविक्रम, निर्मल लामालगायतको निर्देशनअनुसार अगाडि बढ्यौँ । अब हामी वातावरण बनाउँछौँ, तर फ्रन्टलाइनर चाहिँ तपाईंहरु नै हो ।’

‘ओली प्रवृत्ति भनेको ठ्याक्कै उल्टो भनिएको हो’

अध्यक्ष प्रचण्डले ओली प्रवृत्ति भनेको उल्टो प्रवृत्ति भएको औंल्याएका छन् । ‘केपी प्रवृत्तिले नेपाली कम्युनिष्ट पार्टीहरु बिग्रिए । भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्नँ भन्ने स्टेट्मेन्ट् कति राम्रो छ ? हेर्नुस् त । भ्रष्टाचारविरुद्धको योभन्दा उत्कृष्ट कुनै स्टेट्मेन्ट् हुनसक्छ ? मैले त केपीलाई भनेँ पनि, कति राम्रो भन्न सक्या तपाईंले ? मैले त सक्दिनँ त ? तर, काममा त त्यही नै हो ।’ भ्रष्टाचार बढेकै छ । नीतिगत रुपमै भ्रष्टाचार बढेको छ ।’

एउटा भन्ने र गर्ने अर्कै हुँदा कम्युनिष्टहरु विचार र सिद्धान्तबाट स्खलित भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

 
 

प्रतिकृया दिनुहोस्