×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बुर्किना फासोलाई पराजित गर्दै क्यामरुन तेस्रो

बुर्किना फासोलाई पराजित गर्दै क्यामरुन तेस्रो

काठमाडाैँ- अफ्रिकन कप अफ नेसन्समा क्यामरुनले अविश्वसनीय पुनरागमन गर्दै तेस्रो स्थान हासिल गरेको छ । शनिबार भएको खेलमा क्यामरुनले बुर्किना फासोविरुद्ध ३-० ले पछि रहेको अवस्था उल्टाउँदै पेनाल्टी सुटआउटमा ५-३ को जित निकाल्दै तेस्रो बन्यो । 

खेलमा बुर्किना फासोले स्टेभन यागोको गोलमार्फत २४ औ मिनेटमा अग्रता लिएको थियो । ४३ औ मिनेटमा आन्द्रे ओनानासले आत्मघाती गोल गरेपछि फासोले पहिलो हाफमा २-० को अग्रता बनायो । ४९ औ मिनेटमा डिब्रिल औटाराले ट्राउरेको बललाई हेड गर्दै टीमलाई ३-० को सहज अग्रतामा पुर्‍याएका थिए ।

तर अन्तिम केही समय समालिन नसक्दा घरेलु टोली क्यामरुनले नाटकीय पुनरागमन गर्‍यो । उले स्टेफन बाहोकेनको गोलमार्फत ७१ औ मिनेटमा पहिलो गोल फर्काएको थियो । त्यसपछि भिनसेन्ट अबुबकारले अन्तिम पाँच मिनेट बाँकी हुँदा २ गोल गर्दै खेललाई ३-३ को अवस्थामा पुर्‍याएका थिए । उनले ८५ औ मिनेटमा पहिलो गोल गर्दा ८७ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि निर्धारित समय ३-३ गोलको बराबरी भएको खेलमा अतिरिक्त समय थप नगरी खेलको निर्णय सिँधै पेनाल्टी सुटआउटबाट लियो । जहाँ क्यामरुनले ५-३ गोल अन्तरले विजयी हुँदै तेस्रो स्थान जित्न सफल भयो ।

प्रतिकृया दिनुहोस्