काठमाडौँ- साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ बिन्दुमा ओलिएको छ । मंगलबार ३७ अंकले बढेको बजार बुधबार झण्डै त्यतिनै अंकले घटेको हो ।
यस दिन ८४ करोड ३७ लाख ७३ हजार ४ सय ५९ रुपैयाँमा ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भएको छ । यस दिन १९३ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।