×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ?

सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरूमा अझै किताब नपुगेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा समय लिई बोलेका उनले भने, ‘हिमाली जिल्लामा किताब पुगेको छैन। जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ।’

अन्यत्र भने वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। हिमाली जिल्लामा तत्कालै किताब पठाउनुपर्ने उनले बताए। उनले मतपत्र छाप्ने सरकारले किन किताब छाप्न सक्दैन भन्ने प्रश्न पनि गरेका छन्।

‘सरकारले मतपत्र छाप्न सक्छ, किताब किन छाप्न सक्दैन यो प्रश्न हो। छिटो किताब उपलब्ध गराइयोस्,’ उनले भने।

प्रतिकृया दिनुहोस्