×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बन्धक विपिनको रिहाइको लागि आमा र बहिनी इजरायल प्रस्थान

बन्धक विपिनको रिहाइको लागि आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं - हमास समूहद्वारा आठ महिनाभन्दा बढी समयदेखि बन्धक बनाइएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल प्रस्थान गरेका छन्। छोराको मुक्तिका लागि कूटनीतिक पहललाई थप सशक्त बनाउने उद्देश्यले उनीहरू सोमबार बिहान इजरायलतर्फ लागेका हुन्।

इजरायली सरकारको संयोजनमा उनीहरू फ्लाई दुबईको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई बिदाइ गर्ने क्रममा अत्यन्तै कारुणिक दृश्य देखिएको थियो, जहाँ छोराको वियोगमा रहेकी आमा र भाइको चिन्तामा रहेकी बहिनी भावविह्वल बनेका थिए। यो यात्राले बन्धक बनाइएका नागरिकहरूको परिवारले भोग्नुपरेको पीडालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै रिहाइको पक्षमा विश्वव्यापी ऐक्यबद्धता जुटाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्