×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हावाहुरीले संखुवासभामा एक महिलाको निधन

हावाहुरीले संखुवासभामा एक महिलाको निधन

काठमाडौं- १० वैशाख, संखुवासभा । संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा रुखले थिचेर २४ वर्षीया कल्पना विश्वकर्माको मृत्यु भएको हो ।

पानी लिन गइरहेको बेला घर नजिकैको उत्तीसको रुख ढलेर कल्पनालाई थिचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्