×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

घुस काण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न गगन थापाको माग

घुस काण्डमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न गगन थापाको माग

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस प्रकरणमा नाम जोडिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

मन्त्री गुप्ता घुस लेनदेनमा संलग्न भएको आरोपसहितको अडियो सार्वजनिक भएपछि महामन्त्री थापाको यस्तो भनाइ आएको हो। उनले यदि बहालवाला मन्त्री निर्दोष हुन्थे भने तुरुन्त राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए।

"आफूले गल्ती गरेको छैन भन्ने आँट पनि नभएको र प्रधानमन्त्रीले पनि तुरुन्तै बर्खास्त नगर्दा आफूलाई टिप्पणी गर्नुपर्ने अवस्था आयो," थापाले भने, "प्रधानमन्त्रीज्यू, तपाईंको मन्त्रीलाई तत्काल बर्खास्त गर्नुहोस्।"

सोमबार काठमाडौंमा कांग्रेसको बुद्धिजीवी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले मन्त्रीलाई बर्खास्त गर्नु मात्र पर्याप्त नहुने बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए।

"यस प्रकरणमा दूधको दूध, पानीको पानी छुट्याउनैपर्छ। छानबिनका क्रममा अन्य कोही दोषी देखिएमा उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ," थापाले थपे।

प्रतिकृया दिनुहोस्