×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेले बोलायो संसदीय दलको बैठक, अविश्वासको प्रस्तावबारे छलफल हुने

एमालेले बोलायो संसदीय दलको बैठक, अविश्वासको प्रस्तावबारे छलफल हुने

नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि भावी रणनीति तय गर्न बैठक बोलाइएको हो ।

बैठक मुख्यमन्त्री पोखरेल निवास मिलनचोकमा अहिले बिहान ८ बजे बस्ने गरी बोलाइएको छ । बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने बताइएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका थिए ।

अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन् ।

प्रतिकृया दिनुहोस्