×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज पूर्ण साक्षर जिल्ला घोषणा हुँदै बाँके

आज पूर्ण साक्षर जिल्ला घोषणा हुँदै बाँके

काठमाडौँ- बाँके जिल्लालाई आज शनिबार पूर्ण साक्षर जिल्ला घोषणा गरिँदैछ । जिल्लाका ८ वटै पालिकालाई पूर्ण साक्षर घोषणा भइसकेका छन् । आज जिल्लालाई औपचारिक रूपमा घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार जिल्ला समन्वय समितिको भवनमा दिउँसो घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) सहभागी हुनेछन् ।

बाँकेमा कोहलपुर नगरपालिकाले पहिलो पटक साक्षर पालिका घोषणा गरेको थियो । पहिलो पटक साक्षर पालिका घोषणा हुने कोहलपुरले ५० लाख नगद पुरस्कार पनि पाएको थियो ।

१२ वटा मापदण्ड पूरा गरी पालिकाहरू साक्षर घोषणा भएका हुन् ।

प्रतिकृया दिनुहोस्