काठमाडाैँ- सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । सरकारले महाप्रसाद अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।
गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो ।
मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने भन्दै गभर्नरको नेपाल श्रीलंका बन्न सक्ने अभिव्यक्तीको खण्डन गरेका थिए । राष्ट्र बैंकले विलासिताका वस्तु आयातका कडाइ गर्न सिफारिस गरेपछि नेपालको अवस्था आर्थिक संकटमा फसेको श्रीलंका जस्तो हुने त होइन भन्ने बारेमा बहस भइरहँदा शर्माले नेपाललाई श्रीलंका बनाउन खोज्नेहरुको सपना पुरा हुन नदिने बताएका थिए ।
अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको सूचना पाएको खुलासा गरेका थिए । गभर्नरलाई निलम्बन गर्नुको अर्को महत्वपुर्ण कारण यो पनि हो ।