×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावका कारण देखाउदै सर्यो नेपाल टी–२० लिग

चुनावका कारण देखाउदै सर्यो नेपाल टी–२० लिग

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) को आयोजना हुन लागेको प्रतियोगिता नेपाल टी–२० लिग डिसेम्बरमा मात्र हुने भएको छ । 

क्यानले गृह मन्त्रालयको आग्रहअनुसार प्रतियोगिता डिसेम्बरमा सार्नुपरेको जनाएको छ । आन्तरिक विवादका कारण अदालतसम्म पुगेको नेपाल ट्वान्टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तालिका थियो । 
तर, मंसिर चार गतेका लागि तय भएको संघ र प्रदेशको निर्वाचनका कारण गृह मन्त्रालयले प्रतियोगिताको सुरक्षा व्यवस्था गर्न नसक्ने भएको बताएपछि स्थगित भएको क्यानले जनाएको छ । 

प्रतियोगितामा ३३ विदेशी खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का थियो । प्रतियोगितामा सहभागी हुने ६ फ्रेन्चाइज क्लबले दुई दिनको ड्राफ्ट प्रक्रियाबाट खेलाडी अनुबन्ध गरेका थिए । जसमा ६७ नेपाली खेलाडी थिए । 

क्यानले प्रतियोगिताको ११ देखी ३१ डिसेम्बरसम्म गर्ने गरी नयाँ मिति तोकेको छ । प्रतियोगिताका लागि सहभागी सबै ६ फ्रेन्चाइज टिमको घोषणा भइसकेको छ । फ्रेन्चाइज टिममा फारवेस्टर्न युनाइटेड, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स, लुम्बिनी अलस्टार, जनकपुर रोयल्स र काठमाडौं गोर्खाजले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

नेपाली कानुनीअनुसार प्रक्रिया नपुर्‍याएर जबरजस्ती भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई प्रतियोगिता आयोजनाको अधिकार दिइएको भन्दै क्यानको कार्यसमितिमै चर्को विवाद छ । त्यस्तै यसै विषयमा सर्वोच्च अदालत र अख्तियारमा समेत मुद्दा दायर भएको छ । 

नेपाल ट्वान्टी–२० लिगकै कारण राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा हुने नवौँ वृहत राष्ट्रिय खेलकुदअन्तर्गतको क्रिकेट यही भदौ २३ गतेबाट काठमाडौंमा सुरु गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्