×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

इजरायली प्रधानमन्त्री भारत भ्रमणमा आउने

इजरायली प्रधानमन्त्री भारत भ्रमणमा आउने

नयाँ दिल्ली-  इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउने भएका छन् । उनी कहिले आउने यकीन नभएपनि अर्को वर्ष सन् २०२२ मा आउने तयारी भइरहेको इजरायली उच्च अधिकारीले जनाएका छन् । ‘इजरायली प्रधानमन्त्रीको भारत भ्रमणका लागि हामीले काम गरिरहेका छौँ, अहिलेसम्म भ्रमणको मिति तय भएको छैन, चाँडै नै निधो हुने हाम्रो विश्वास छ,’ भारतका लागि इजरायली राजदूत नाओर गिलोनले भने । सन् २०२२ को मध्यतिर प्रधानमन्त्री बेनेटले भारतको भ्रमण गर्ने अपेक्षा गरिएको राजदूत गिलोनले जानकारी दिए ।

इजरायली प्रधानमन्त्री बेनेटले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका क्रममा ग्लास्गोमा भेटवार्ता गरेका थिए । ‘साइडलाइन’ भेटवार्ताकै क्रममा उनीहरूबीचमा भ्रमणको कुरा उठेको र द्वीपक्षीय गृहकार्यका आधारमा मिति तय गर्ने सहमति भएको उनले बताए । पछिल्लो समय इजरायल र भारतबीचमा सम्बन्ध थप बलियो बनाई सहकार्य गर्नेबारेमा विभिन्न चरणमा छलफल भइरहेका छन् । - रासस

 

प्रतिकृया दिनुहोस्