×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेमा बढ्याे टकराव, पार्टी फुटाउने तयारीमा रावल

एमालेमा बढ्याे टकराव, पार्टी फुटाउने तयारीमा रावल

काठमाडौं -  आन्तरिक किचलोमा फसेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको किचलो साम्य हुन सकेको छैन । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको तानाशाही प्रवृतिका कारण रुष्ट रहेका उपाध्यक्ष भिम रावल लगायतका नेताहरुले पार्टी फुटाउने तयारी गरेको चर्चा निकै चलेको छ ।  

विगतमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावल असन्तुष्ट छन् । उनले ओलीलाई सहमति कार्यान्वयनको दबाब दिइरहेपछि हुबहु गर्न मानिरहेका छैनन् । ओली १० बुँदे सहमतिभन्दा मंसिरमा हुने तय भएको महाधिवेशनतर्फ बढेका छन् । उनी फेरि अध्यक्ष बन्ने निश्चित नै छ । ओलीले चाहेको व्यक्तिहरु नै पदाधिकारी बन्ने निश्चितप्रायः छ । त्यसमा रावलको सम्भावना कमजोर देखिएको छ ।

महाधिवेशन नजिकिदै गर्दा रावल ओलीविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले एमाले छाड्ने सम्भावना बढेको छ । विश्वस्त स्रोतका अनुसार रावल एमाले छाडेर नयाँ ढंगबाट बढ्ने तयारीमा लागेका हुन् ।

रावलसँगै विगतमा माधवकुमार नेपालको पक्षमा रहेका एमाले नेताहरु अष्टलक्ष्मी शाक्य र घनश्याम भुसालले पनि ओलीको चर्को आलोचना गरिरहेका छन् । शाक्यले सहमतिमा जोड दिएकी छिन् । यसलाई उपाध्यक्ष पद सुनिश्चित गर्ने शाक्यको रणनीतिका रुपमा बुझिएको छ ।

गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्तलगायत नेताहरु मौन छन् । सुरेन्द्र पाण्डे र योगेश भट्टराई ओलीको मन जित्न प्रयासरत छन् । यी नेतामध्ये धेरैलाई ओलीले किनारा लगाउने देखिएको छ । यसकारण पनि एमालेभित्र अर्को विद्रोहको सम्भावना बढेर गएको छ । रावलसहितका नेताहरु मिलेर एमालेभित्र अर्को विद्रोहको सम्भावना बढेर गएको छ । महाधिवेशन अघि वा लगत्तै एमाले फेरि विभाजन हुने सम्भावना बढेर गएको छ । 

प्रतिकृया दिनुहोस्