×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

युद्धविरोधी प्लेकार्ड देखाउने टेलिभिजन सम्पादकलाई २८० डलर जरिमाना

युद्धविरोधी प्लेकार्ड देखाउने टेलिभिजन सम्पादकलाई २८० डलर जरिमाना

काठमाडौँ- युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले   २८० डलर जरिमाना सुनाएको छ । टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर  ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् । 

सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘युद्ध होइन । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’  

ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको बताइन । उनले अदालतअगाडि भनिन्, ‘म अझै पनि विश्वस्त छु की रुसले अपराध गरिरहेको छ ।’ रुसी अधिकारीहरुले आफूलाई १४ घन्टासम्म सोधपुछ गरेको उनले बताइन् । 

प्रतिकृया दिनुहोस्