×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

७ जिल्लाको ९ उम्मेदवारको मृत्युपछि पुनः निर्वाचन कार्यक्रम सञ्चालन

काठमाडाैँ- स्थानीय तह निर्वाचनमा विभिन्न ७ वटा जिल्लाका ९ वटा स्थानीय तहका ९ जना उम्मेदवारको मृत्यु भएपछि ती ठाउँमा पुनः निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ । 

कपिलवस्तुकाे बुद्धभूमि नगरपालिका वडा नं १० मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार ओम प्रकाश तिवारी, कपिलवस्तु नगरपालिका वडा नं १० मा माओवादी केन्द्रका तर्फबाट सदस्यका उम्मेदवार राजेन्द्र चौधरी थारू, कपिलवस्तुकै महाराजगंज नगपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखको उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको हो ।

त्यस्तै, सुनसरीको हरिनगर गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य उम्मेदवार मडुवादेवी चमार, रौतहटको वृन्दावन नगरपालिका वडा नं ५ मा जसपाको तर्फबाट महिला सदस्यको उम्मेदवार मिना देवी, मोरङको केरावारी गाउँपालिका वडा नं २ नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार नबिन लिम्बू, रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ को नेकपा एमालेको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार कुसुमी पासिन, सिरहा नगपालिका वडा नं ५ मा नेकपा एमालेको तर्फबाट सदस्यको उम्मेदवार मुना सेख, दाङको तुलसीपुर नगपालिका वडा नं १७ मा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षको उम्मेदवार लभरु चौधरीको मृत्यु भएको हो ।

उनीहरूकाे मृत्यु भएसँगै निर्वाचन कार्यतालिका संशोधन गरी नयाँ तालिकाअनुसार निर्वाचन कार्य सञ्चालन गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्